प्रहरीको सम्पर्कमा आए फूलचोकीको जंगलबाट हराएका १३ जना

प्रहरीको सम्पर्कमा आए फूलचोकीको जंगलबाट हराएका १३ जना

मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • प्रहरीको सम्पर्कमा आए फूलचोकीको जंगलबाट हराएका १३ जना

    काठमाडौं । ललितपुरको फूलचोकी जंगलमा हराएका १३ युवायुवती प्रहरीको सम्पर्कमा आएका छन् । घुम्न गएका बेला बाटो भुलेर जंगलमा हराएका उनीहरू सोमबार रातितिर प्रहरीको सम्पर्कमा आएको एसएसपी शेखर खनालले जानकारी दिए ।

    उनीहरू १३ जना नै सम्पर्कमा आएका छन् । उनीहरूलाई ल्याइँदै छ । सबैलाई परिवारको जिम्मा लगाउँछौँ, एसएसपी खनालले भने ।

    खनालका अनुसार, उनीहरूले प्रहरी १०० मा फोन गरेर आफूहरू जंगलमा अड्किएको सूचना गरेका थिए । सूचना पाएलगत्तै खोजीकार्यका लागि ललितपुर प्रहरीको टोली खटिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij