काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । उपकुलपति छनोट समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्त गरेका हुन् ।
ती विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले पोखरा विश्वविद्यालयमा प्राडा वेदराज केसी, नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्राडा शारदा थपलियालाई नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।