धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ का लागि आएका विदेशी नागरिकलाई लुटपाट गर्ने तीन जना पक्राउ

धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ का लागि आएका विदेशी नागरिकलाई लुटपाट गर्ने तीन जना पक्राउ

बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • धुलिखेल अस्पतालमा  ‘इन्टर्नसीप’ का लागि आएका विदेशी नागरिकलाई लुटपाट गर्ने तीन जना पक्राउ

    काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिक लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका  उज्ज्वल दाहाललाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको हो ।

    विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी थालेको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij