स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ ।

    बोर्डले सार्वजनिक सूचना जारी गर्दै १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको हो । सेवा प्रवाहलाई डिजिटल प्रणालीमा लैजाने उद्देश्यले बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।

    बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारले ई–पोर्टलमार्फत आफ्नो विवरणसमेत अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ । विवरण अद्यावधिक गर्दा दोहोरो आबद्धता नियन्त्रण गर्न तथा स्वास्थ्य बीमासम्बन्धी दाबी व्यवस्थापनलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

    यसैबीच, स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई थप वैज्ञानिक र दिगो बनाउन बोर्डले रणनीतिक खरिद अध्ययन कार्यदल गठन गरेको छ । कार्यदललाई अध्ययन गरी ६० दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

    राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा सेवासँग जोडेसँगै बोर्डले बीमा सेवा प्रवाह, बीमितको पहिचान र दाबी व्यवस्थापनलाई थप व्यवस्थित तथा डिजिटल बनाउने प्रक्रिया अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij