बागलुङबाट बेपत्ता दुई किशोरीको १४ दिनपछि उद्धार

बागलुङबाट बेपत्ता दुई किशोरीको १४ दिनपछि उद्धार

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • बागलुङबाट बेपत्ता दुई किशोरीको १४ दिनपछि उद्धार
    गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।
     
    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान यही भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो । 
     
    बेपत्ता अमृतालाई भारततर्फ लैजादै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरी प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको विद्यालयलका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए । सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij