श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु, दुई छोरी घाईते

श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु, दुई छोरी घाईते

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु, दुई छोरी घाईते

    काठमाडौं । बाराको निजगढ नगरपालिका वडा नं. ९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाईते भएका छन् ।

    राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ बर्षिय बिमल बस्नेतले आफ्नै ३५ बर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसियाँ प्रहार गरी हत्या गरेका हुन् ।

    बाथरुममा नुहाउन गएकी श्रीमतीलाई बस्नेतले पहिलो प्रहार गरेको र छोरीहरु छुट्टाउन जाँदा छोरीहरुलाई समेत प्रहार भएको हो । प्रहारबाट १७ बर्षकी जेठी छोरीको हात आधा भन्दा बढी काटेको र कान्छी छोरी १५ बर्षीय जमुना राई समेत घाईते भएकी छन् ।

    उनिहरु दुवैलाई स्थानीय सामुदायिक प्रसुति अस्पतालबाट रिफर गरी बिरगन्ज मेडिकल कलेज पठाईएको सामुदायिक अस्पताल निजगढले जनाएकाे छ । 

    घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान बिमल बस्नेतलाई प्रक्राउ गर्नुका साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको हसियालगायतका सामाग्री बरामद गरेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएकाे छ । 

    मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाईएको छ । हत्या किन भयो भन्ने बिषयका बारेमा छानविन भइरहेको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij