दुई क्विन्टल बढी गाँजासहित तीन जना पक्राउ

दुई क्विन्टल बढी गाँजासहित तीन जना पक्राउ

शनिवार, भाद्र २२ २०८१
शनिवार, भाद्र २२ २०८१
  • दुई क्विन्टल बढी गाँजासहित तीन जना पक्राउ

    काठमाडौं । सिराहा प्रहरीले करिब दुई क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सिराहाको कर्जन्हा नगरपालिका १० स्कुल टोलबाट दुई सय १७ किलो गाँजा र एकजना भारतीय नागरिकसहित तीन जनालाई शुक्रवार अपराह्न नियन्त्रणमा लिएको हो ।

    गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठबाट सो गाँजा बरामद गरिएको हो । प्लास्टिकको १४ वटा पोका बनाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएकाे छ ।

    प्रहरीले गाँजा ओसारपसारको आशङ्कामा भारतको विहार राज्य, मधुबनी बलरा थाना १२ नम्बर वडाका २१ वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडकबहादुर तामाङ र स्थानीय ४० वर्षीया चानोदेबी मुखियालाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij