लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ

लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ

    काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका–७ का ३५ वर्षीय पदम लामा छन् ।

    पक्राउ परेका मध्ये महर्जन र राजबंशी क्याफे सञ्चालक रहेको छन् । लागु औषध सेवन गरेको आरोपमा यसअघि पक्राउ परेका एक व्यक्तिले दिएको सूचनाका आधारमा उक्त क्याफेबाट लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुलाई महालक्ष्मी–१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफेटबाट आइतबार साँझ साढे ५ बजेतिर जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट ट्रामाडोल ७० पत्ता र खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij