हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ

हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ

    काठमाडौं । धनुषामा गोली हानेर हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका १३ का ५६ वर्षीय पवन महतो रहेका छन् ।

    पूर्व शिक्षक समेत रहेका महतोमाथि २०६५ सालमा स्थानीय नागेन्द्र यादवको गोली हानेर हत्या गरेको अभियोग छ । महतोलाई ८ माघ २०८० सर्वोच्च अदालतका जन्मकैद सजाय सुनाएको थियो ।

    लामो समयदेखि फरार महतोलाई बिहीबार सबैला बजारबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा हाजिर गराएको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij