सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने पक्राउ

सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने पक्राउ

बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने पक्राउ

    काठमाडौं । सादा पोशाकको प्रहरी भन्दै रकम असुली गरेको आरोपमा रौतहटमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका९१ का २४ वर्षीय रमेश साह रहेका छन् ।

    उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका–९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ गरेको हो । उनले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ ।

    साहले आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij