काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य १ हजार ७ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।