काठमाडौं । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहारबाट एक जना युवकको हत्या भएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका– हर्दीमा धारिलो हतियार प्रहारबाट स्थानीय २० वर्षका सूर्यकुमार बढईको हत्या भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । रातको समयमा उनको हत्या भएको र बिहान उठेर परिवारले हेर्दा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाइ शवलाई पृथ्वीचन्द्र अस्पताल पठाएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।