काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ७ सय ३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।