कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन

बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन

    गोदावरी । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयलाई गत आर्थिक बर्षमा ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो । 

     भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो । 

    आर्थिक बर्ष २०८०/८१ मा भन्सार महसुलबापत ३ अर्ब १ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करबापत ३ अर्ब १७ करोड रुपैयाँ, अन्तः शुल्क बापत २० करोड ४४ लाख रुपैयाँ र अन्य शुल्क बापत १ अर्ब ५२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । 

    भन्सार कार्यालयले आर्थिक बर्ष २०८०/८१ मा लक्ष्यको ६८.३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९/८० मा ८ अर्ब २९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

    आर्थिक बर्ष २०७८/७९ मा ९ अर्ब ५८ करोड रुपैयाँ राजस्व असुली भएकामा आर्थिक बर्ष २०७७/७८ मा ८ अर्ब ८४ करोड रुपैयाँ सङ्कलन भएको थियो ।  यसैगरी, आर्थिक बर्ष २०७६र७७ मा कोभिड–१९ महामारीका कारण ४ अर्ब ९२ करोड रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको थियो भने आर्थिक बर्ष २०७५र७६ मा ५ अर्ब १९ करोड रुपैयाँ सङ्कलन गरेको कार्यालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij