काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन २ हजार ४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ४४ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।