करिव ६७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

करिव ६७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • करिव ६७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा

    काठमाडौं । कामना सेवा विकास बैंकले बुधबार गत आर्थिक वर्ष २०८०/०८१ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा कम्पनीकोे खुद ब्याज आम्दानी २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ गरेको छ भने यो गत बर्षको तुलनामा २.७८ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ बराबरको कमाएको थियो । 

    गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ।

    असार मसान्तसम्ममा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ भने यस बैंकको जगेडा कोषमा २ अर्ब ११ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३७ पैसा बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij