काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।