श्रीमती हत्याको अभियोगमा राई पक्राउ

श्रीमती हत्याको अभियोगमा राई पक्राउ

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • श्रीमती हत्याको अभियोगमा राई पक्राउ

    दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् ।

    गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।

    कुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७ः३० बजे स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीको टोली पुगेर अभियुक्त राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुुरु गरिएको उनले जानकारी दिए । मृतकको अनुहार र टाउकोमा चोट लागेको देखिएको र प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रनाउ लामाले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij