बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

    राँझा । बाँकेमा गत आर्थिक बर्ष २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो ।

    आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कूल ३ अर्ब ६० करोड ९२ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन भएकामा ६८.९६ प्रतिशत २ अर्ब ४८ करोड ८८ लाख १२ हजार ५ सय ९० रुपैयाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिए ।

    उनका अनुसार प्रदेश सरकारले पुँजीगत खर्चतर्फ २ अर्ब २२ करोड ८२ लाख २२ हजार रुपैयाँ विनियोजन गरेकामा ६८्८५ प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ४१ लाख ७८ हजार ४ सय १४ रुपैयाँ खर्च भएको हो । चालुतर्फ ६९.१२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट १ अर्ब ३८ करोड १० लाख ३४ हजार रुपैयाँमध्ये ९५ लाख ४६ हजार ३४ हजार १ सय ७५ रुपैयाँ मात्रै खर्च भएको छ ।

    प्रदेश सरकारले गत आर्थिक बर्ष २०८०/८१ मा अघिल्ला दुई आर्थिक बर्षको तुलनामा बजेट कम खर्च गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारले चालु तर्फ ७५.५१ प्रतिशत, पुँजीगततर्फ ७८.०२ प्रतिशत र कूल बजेटको ७६.९९ प्रतिशत बजेट खर्च गरेको थियो । 

    त्यस्तै आर्थिक बर्ष २०७९/८० मा कुल बजेटको ७३.११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालुतर्फ ७१.६२ र पुँजीगत तर्फ ७४.०८ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले बताए । 

    आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा सङ्घअन्तर्गतका कार्यालयहरूले ८६.६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन् । यो खर्च प्रतिशत त्यसअघिको दुई आर्थिक बषको तुलनामा बढी हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले जिल्लामा विगतको तुलनामा पुँजीगत खर्च प्रतिशत बढेको बताए । 

    सङ्घीय कार्यालयतर्फ आर्थिक वर्ष २०७८/७९ मा ७५.३७ प्रतिशत, आव २०७९/८० मा ७७.१९ र आर्थिक बर्ष २०८०/८१ मा ८६ दशमलव ६४ प्रतिशत विकास खर्च भएको हो । आर्थिक वर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले चालु र पुँजीगत गरी कूल १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४ सय २६ रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये पुँजीगततर्फ ६ अर्ब १३ करोड २९ लाख १५ हजार ७ सय १६ रुपैयाँ विनियोजन भएकामा ५ अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९ सय ६९ रूपैयाँ खर्च भएको हो । 

    त्यस्तै चालु तर्फ १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार ७ सय १० रुपैयाँ विनियोजन भएकामा ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार ६ सय २१ रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिए । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा चालुतर् १२ अर्ब २० करोड २४ लाख २७ हजार ७ सय ३० रुपैयाँ विनियोजन भएकामा ११ अर्ब ५० करोड ४५ लाख ४६ हजार २ सय १९ रुपैयाँ खर्च भयो भने पुँजीगततर्फ ८ अर्ब ४५ करोड ८६ लाख १ हजार ६ सय ४२ रुपैयाँ विनियोजन भएकामा ६ अर्ब २१ करोड ८ लाख ७६ हजार ७ सय २८ रुपैयाँ खर्च भएको थियो ।

    बाँकेमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन वृद्धि भएको छ । सङ्घीय सरकार र प्रदेश सरकार मातहत रहेका जिल्लास्थित कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आवको तुलनामा राजस्व सङ्कलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिए । 

    उनका अनुसार, सङ्घतर्फ गत आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा २५ अर्ब २ करोड १० लाख १८ हजार ५ सय २० रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार १ सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    प्रदेशतर्फ गत आर्थिक वर्ष २०८०/८१ मा रु ९२ करोड ३ लाख ४६ हजार ८ सय ४४ रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसअघिको आर्थिक बर्ष २०७९/८० मा ८३ करोड ६ लाख ९२ हजार २ सय २४ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij