२ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • २ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य तोलमा २ हजार रुपैयाँले घटेको हो । 

    बिहिबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ५ ०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij