चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

बिहिवार, श्रावण ३ २०८१
बिहिवार, श्रावण ३ २०८१
  • चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका पदाधिकारीले यसबारे बुधबार अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेकाले  शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको हो ।

    मौद्रिक नीतिका लागि सम्पूर्ण तयारी लगभग पूरा भएको जनाइएको छ । राष्ट्र बैंकले मंगलबार अन्तिमपटक बैंकर्स संघका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । यो साता सार्वजनिक नभए अर्को शुक्रबारसम्म कुर्नै भएकाले  शुक्रबार नै सार्वजनिक गर्न लागेको जनाइएको छ ।

    शुत्रबार अपरान्ह सञ्चालक समितिको बैठक बस्ने र शुक्रबार सार्वजनिक गर्ने तयारी छ ।  राष्ट्र बैंकले गत जेठ १३ गतेदेखि मौद्रिक नीतिका लागि सुझाव माग गरेको थियो ।  

    यस्तै केहि उद्योगी व्यवसायीहरुले भने कर्जाको सावाँ र ब्याज तिर्न मुस्किल परिरहेकाले कर्जा बुझाउने समयावधि लम्ब्याउनुपर्ने, किस्ताको संख्या बढाउनुपर्ने, ब्याज पुँजीकरण गरिनुपर्ने तथा पुनर्कर्जाको सुविधा दिनुपर्ने माग गर्दै आएका छन् ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij