पाथीभरा मन्दिरबाट एक महिनामा २० लाख भेटी संकलन

पाथीभरा मन्दिरबाट एक महिनामा २० लाख भेटी संकलन

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • पाथीभरा मन्दिरबाट एक महिनामा २० लाख भेटी संकलन

    काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा पछिल्लो एक महिनामा २० लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार असारमा पाथीभरामा भक्तजनले चढाएको भेटीका रूपमा २० लाख ४४ हजार ९ सय भेटी सङ्कलन भएको हो ।

    सङ्कलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा गरिएको जनाइएको छ । 

    ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । आर्थिक बर्ष २०८१/८१ मा २ लाख ३१ हजार ३ सय ३४ तीर्थालुले मन्दिरको दर्शन गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij