सुनको मूल्यमा नँया रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्यमा नँया रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, श्रावण १ २०८१
मंगलवार, श्रावण १ २०८१
  • सुनको मूल्यमा नँया रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो।

    सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ९ सयको उच्चतम रेकर्ड बनाएको थियो । मंगलबार सो रेकर्डलाई तोड्दै सुनको मुल्यले नयाँ रेकर्ड बनाएको हो।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij