उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारीधनीलाई हस्तान्तरण

उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारीधनीलाई हस्तान्तरण

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • उपत्यकाबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारीधनीलाई हस्तान्तरण
    काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
     
    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठवटा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
     
    कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उपत्यकाको सिंहदरबार, कपन, रामहिटी, गौशाला, नयाँबसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानीवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालीमाटी, मैतिदेवी र चुनदेवीलगायत विभिन्न स्थानबाट हराएका सवारीसाधन फेला पारेर बुझाइएको जानकारी दिए।
     
    हराएका सवारीसाधन खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा  फेला परेका प्रहरी उपरीक्षक खड्काले बताए । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा चार सय १७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । 
     
    अवैध रुपमा नेपाल भित्रिएका १७ सवारीसाधनलाई भन्सार कार्यालयमा बुझाइएको खड्काले जानकारी दिएका छन् । ट्राफिकले चालु आवमा सवारीसाधन चोरी गर्ने ४१ जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरीकामा बुझाएको छ । 
     
    सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्ने तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij