ठमेलको होटलबाट कोकिनसहित एक विदेशी महिला पक्राउ

ठमेलको होटलबाट कोकिनसहित एक विदेशी महिला पक्राउ

आइतवार, आषाढ ३० २०८१
आइतवार, आषाढ ३० २०८१
  • ठमेलको होटलबाट कोकिनसहित एक विदेशी महिला पक्राउ

    काठमाडौं । ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् ।

    उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । 

    कोठाको खान्नतलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्रामको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij