काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । विहीबार प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।