११ महिनामा नेपाल भित्रियो १३ खर्ब बढी रेमिट्यान्स, जेठमा मात्रै १ खर्ब २८ अर्ब

११ महिनामा नेपाल भित्रियो १३ खर्ब बढी रेमिट्यान्स, जेठमा मात्रै १ खर्ब २८ अर्ब

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • ११ महिनामा नेपाल भित्रियो १३ खर्ब बढी रेमिट्यान्स, जेठमा मात्रै १ खर्ब २८ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०-८१ को एघार महिना (साउनदेखि जेठ) सम्ममा १३ खर्ब २७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको एघार महिनाको वित्तिय अवस्थाको विवरणमा यस्ताे स्थिति देखाएको हो ।

    १८ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ । जेठ एक महिनामा मात्रै एक खर्ब २८ अर्ब ९० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो। यो वैशाखमा भित्रिएकोभन्दा करिब १३ अर्ब रूपैयाँले धेरै हो ।

    वैशाखमा मासिक एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएकोमा जेठमा एक खर्ब २८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो । वार्षिक आधारमा भने १९.३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०७९-८० को एघार महिनासम्ममा ११ खर्ब १२ अर्ब रेमिटेन्स भित्रिएको थियो ।

    यो एघार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ५ प्रतिशतले घटेको छ । चालु आवको यो अवधिमा भने ६ लाख ८५ हजारले नयाँ र पुन श्रम स्वीकृति लिएका छन् ।

    गत वर्षको एघार महिनामा यस्तो स्वीकृति लिनेको संख्या ७ लाख १९ हजार थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij