काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कायम भएको छ ।