काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।