सुनको मूल्य तोलामा १ सयले वृद्धि, तोलामा कति ?

सुनको मूल्य तोलामा १ सयले वृद्धि, तोलामा कति ?

शुक्रवार, आषाढ २१ २०८१
शुक्रवार, आषाढ २१ २०८१
  • सुनको मूल्य तोलामा १ सयले वृद्धि, तोलामा कति ?

    काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार चार सय निर्धारण भएको छ ।

     तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४३ हजार सात सय निर्धारण भएको छ ।

     चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार आठ सय ७० निर्धारण भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij