गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

बिहिवार, आषाढ २० २०८१
बिहिवार, आषाढ २० २०८१
  • गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

    जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१.१६ प्रतिशत गरेको छ । पालिकाले सोही आर्थिक बर्षमा ३४ करोड ५५ लाख ७५ हजार रुपैयाँ विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५.४७ प्रतिशत खर्च गरेको छ । 

    समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । 

    उनले भने– “उक्त आर्थिक बर्षमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ११ लाख रुपैयाँ मात्र उठेको छ ।” आर्थिक वर्ष २०८१/८२ मा पालिकाले १८ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । 

    महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट ५ करोड १ लाख ४४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij