काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।