काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख ४० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ४० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।