कञ्चनपुरमा चालु आर्थिक वर्षमा ७४ लाख राजस्व सङ्कलन

कञ्चनपुरमा चालु आर्थिक वर्षमा ७४ लाख राजस्व सङ्कलन

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • कञ्चनपुरमा चालु आर्थिक वर्षमा ७४ लाख राजस्व सङ्कलन

    महेन्द्रनगर । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप÷कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर  रु ७४ लाख राजस्व सङ्कलन भएको छ । 

    उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरचालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर रु ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij