आगामी आर्थिक वर्षका लागि त्रियुगाको बजेट २ अर्ब १५ करोड, यस्ता छन् नगरपालिकाका प्राथमिकताहरु

आगामी आर्थिक वर्षका लागि त्रियुगाको बजेट २ अर्ब १५ करोड, यस्ता छन् नगरपालिकाका प्राथमिकताहरु

सोमवार, आषाढ १० २०८१
सोमवार, आषाढ १० २०८१
  • आगामी आर्थिक वर्षका लागि त्रियुगाको बजेट २ अर्ब १५ करोड, यस्ता छन् नगरपालिकाका प्राथमिकताहरु

    काठमाडौं ।  त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि २ अर्ब १५ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार नगरपालिकाको तेर्हौं नगर सभामा उपप्रमुख महेश्वरी राईले २ अर्ब १५ करोड ७१ लाख ५७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । 

    नगरपालिकाको तेर्हौं नगर सभामै बजेट प्रस्तुत गर्नु अघि नगर प्रमुख वसन्त कुमार बस्नेतले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । बस्नेतले त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको बताए । 

    आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रहेको छ ।

    लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणिय संरक्षण तथा सम्वर्द्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उनले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा उल्लेख छ ।

    नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “त्रियुगा नगरपालिकाको इच्छा, सवैलाई गुणस्तरीय शिक्षा” भन्ने अभियानलाई अगाडि बढाई विपन्न, जेहेन्दार, गरिव, दलित तथा लोपोन्मुख जातिको शिक्षामा पहुँच विकास गर्नका लागि छात्रवृत्तिको दायरा थप गर्दै जाने उल्लेख गरिएको छ ।

    यस्तै कृषी क्षेत्रलाई उत्पादन मुखी वनाउन विभिन्न सहकारी खेती, करार खेती, सामुदायिक खेती र चक्ला बन्दी खेती कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट फर्केका युवाले कृषि पेशालाई व्यवसायीक रुपमा संचालन गर्न चाहानेलाई विना धितो २ लाख सम्म सहुलियतपूर्ण  कृषि ऋण उपलब्ध गराउने नगर प्रमुख बस्नेतले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रहेको छ । यस्तै कृषि यध्ययन गर्न चाहाने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति कोषको स्थापना गरि संचलान गरिने बताइएको छ ।

    नीति तथा कार्यक्रममा नगरका सबै वडाहरुमा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य केन्द्रहरुलाई सुबिधा सम्पन्न बनाई बर्थिङ सेन्टरको निर्माण गरि सबै स्वास्थ्य संस्थाहरुमा एम्बुलेन्सको ब्याबस्थ गरिने र नगर भित्रका प्रसुती अवस्थाका महिलालाई प्रसुती सेवाको लागि बर्थिङ सेन्टर सम्म पुर्याउन वा जटिलताका कारण बाहिर लानु परे नि:शुल्क सेवाको ब्याबस्था गरिने बताइएको छ । मेयर सँग जेष्ठ नागरिक सम्मान कार्यक्रम संचालन गरि सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको परिक्षण तथा आधारभुत औषधीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij