नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने

सोमवार, आषाढ १० २०८१
सोमवार, आषाढ १० २०८१
  • नागरिक लगानी कोषले १४ प्रतिशत बोनस दिने

    काठमाडौं । नागरिक लगानी कोषले २९औं वार्षिक साधारण सभा डाकेको छ । कोषको असार ९ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौं भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा डाकेको हो ।

    सभाले कोषको गत आर्थिक वर्षको आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०।७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

    त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूका तर्फबाट एकरएक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

    सभा प्रयोजनार्थ कोषले असार २० गते बुक क्लोज गर्ने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij