काठमाडौं । सिन्धुली प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद भएको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट ६१५ किलो गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले चिसापानीस्थित थोले व्लोनको गोठमा उदयपुर कटारी–६ घर भई हालचिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिनलाई गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिन्धुलीमा ३ वर्षयता नै ठूलो परिमाणमा गाँजा बरामद भएको हो । बरामद गाँजा र नियन्त्रण लिएको पाख्रिनको थप अनुसन्धान भइरहेको छ ।