जेठ महिनामा मात्रै नेपाल भित्रिए पौने ६ अर्बका विद्युतीय गाडी

जेठ महिनामा मात्रै नेपाल भित्रिए पौने ६ अर्बका विद्युतीय गाडी

शनिवार, आषाढ ८ २०८१
शनिवार, आषाढ ८ २०८१
  • जेठ महिनामा मात्रै नेपाल भित्रिए पौने ६ अर्बका विद्युतीय गाडी

    काठमाडौं । चालु आर्थिक वर्ष (आव)को जेठ अर्थात् आगामी आवको बजेट ल्याइएको महिनामा पौने ६ अर्ब रुपैयाँ बराबरको चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी) भित्रिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको जेठ महिनामा ५० देखि २०० किलोवाट कमका ५ अर्ब ७९ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको एक हजार ८९ वटा विद्युतीय कार, जीप र भ्यान नेपालमा भित्र्याइएको हो ।

    चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म ४ हजार ८९६ वटा सोही क्षमताका १३ अर्ब ८७ करोड ७४ लाख १९ हजार रुपैयाँ बराबरको कार जीप भ्यान भित्रिएको थियो । जब कि जेठ मसान्तसम्म आउँदा ६ हजार ८८५ वटा जेठसम्म १९ अर्ब ६७ करोड २ लाख ७९ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान नेपालमा भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ ।

    ११ महिना अवधिमा ४ हजार ३४४ वटा ५० देखि १०० किलोवाट क्षमताका ८ अर्ब १६ करोड २५ लाख २२ हजार बराबरका विद्युतीय कार जीप भ्यान नेपालमा भित्रिएका छन् । जब कि वैशाख मसान्तसम्म सोही क्षमताका ६ अर्ब ५२ करोड १२ लाख ७० हजार रुपैयाँ बराबरका ३४ सय ७२ थान कार जीप भ्यान नेपालमा भित्रिएका थिए ।

    वैशाख मसान्तसम्म तीनपाङ्ग्रे विद्युतीय गाडी ७ हजार ९७० र एसेम्बल नगरिएका तीनपाङ्ग्रे विद्युतीय सवारी साधन २ हजार २२६ वटा भित्रिएका थिए । सो संख्या जेठ महिनामा वृद्धि भएर ८ हजार ५२३ र २ हजार ६६५ पुगेको छ ।

    चालु आर्थिक वर्षको ११ महिनामा भित्रिएका विद्युतीय कार जीप भ्यानको संख्याको झण्डै एक तिहाइ संख्या जेठ महिनामा भित्रिएको तथ्याङ्कले देखाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij