रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

शुक्रवार, आषाढ ७ २०८१
शुक्रवार, आषाढ ७ २०८१
  • रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

    रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ ।

    प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ बराबरका मालसामान चीनबाट आयात भएको तथा १ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ । 

    राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा १ सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए । जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij