काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।