काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेको छ।
त्यसैगरी लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ। वैठकमा आगामि आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल पनि जारी रहने जनाइएको छ।
आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।