कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड

कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड

शनिवार, आषाढ १ २०८१
शनिवार, आषाढ १ २०८१
  • कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड

    काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन् ।

    अर्थमन्त्री केसीले प्रदेशको गरिबी निवारण र रोजगारीका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम प्रदेशका सबै वडामा सञ्चालन गरिने बताए ।

    ‘यो कार्यक्रमबाट १६ हजार बेरोजगारीले आंशिक रोजगारी प्राप्त गर्ने अनुमान गरेको छु,’ मन्त्री केसीले भने । उक्त कार्यक्रम प्रभावकारी नभएको भन्दै प्रश्न उठिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij