स्वास्थ्य बीमा असार मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने

स्वास्थ्य बीमा असार मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • स्वास्थ्य बीमा असार मसान्तसम्म  नवीकरण  गरिसक्नुपर्ने

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि २०८१ साल असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा २०८० साल वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो । 

    नवीकरणका लागि आ–आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । २०८१ साल साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ ।  

    बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार ७ सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार ८ सय ४० जनाले नवीकरण गराएका छन् । 

    सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताए । उनले भने, “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij