काठमाडौं । दक्षिण एसियामै औसत ३२.१% जनसंख्या बैंकविहीन भएको एक प्रतिवेदनले तथ्यांक सार्वजनिक गरेको छ । साउथ एसिया रिजनल फाइनान्सियल इन्क्लुसन इनिटिएटिभ (एसएआएफआईआई)ले सार्वजनिक गरेको ‘पेमेन्ट इन्नोभेसन एन्ड रिस्क इन् साउथ एसिया’सम्बन्धी प्रतिवेदनले यस्तो स्थिति देखाएको हो ।
नेपालको ४६ प्रतिशत जनसंख्या बैंकिङ सुविधाबाट वञ्चित भएको तथ्यांकमा देखिएकाे छ । कुल जनसंख्याको ४६ प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर रहेकोमा २५.०५ प्रतिशत महिला र २०.९५ प्रतिशत पुरुष रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।
प्रतिवेदन अनुसार दक्षिण एसियामा बंगलादेशमा सबैभन्दा धेरै बैंकिङ पहुँचबाट बाहिर रहेका छन् । तथ्यांकअनुसार बंगलादेशमा ४७.२ प्रतिशत नागरिक बैंकिङ सेवाबाट वञ्चित हुँदा भारतमा २२.५ प्रतिशत वञ्चित छन् ।
यस्तै श्रीलंकामा भने जम्मा १०.७ प्रतिशतमात्रै जनता बैंकिङ सुविधाबाट वञ्चित छन् ।