काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
विहीबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ४४ हजार रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँमा कायम भएको छ ।