सुनको मूल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, जेठ २४ २०८१
बिहिवार, जेठ २४ २०८१
  • सुनको मूल्यमा नयाँ रेकर्ड , कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ४२ हजार ७ सय रुपैयाँमा कायम भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार २ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij