काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले घटेर १ लाख ४१ हजारमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ४० हजार ३ सय रूपैयाँ कायम भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।