काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य आज प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै महँगो हो ।
बिहीबार प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ रहेको छापावला सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज १ लाख ४२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर १ हजार ८७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।