काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेको मूल्य अनुसार आज सुन प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज बढेर १ लाख ४० हजार ५०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन पनि प्रतितोला २३ सय रुपैयाँले बढेर १ लाख ३९ हजार ८०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । बुधबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर १ हजार ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।