बाराबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

बाराबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • बाराबाट नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

    काठमाडौं । बाराबाट प्रहरीले नक्कली नेपाली नोटसहित ४ जना पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी,  १९ वर्षीय मोहन कुमार साह र  ४० वर्षीय मोहमद आलम रहेका छन् ।

    बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको हो । 

    उनीहरुको साथबाट प्रहरीले  १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको  छ भने  ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद गरेको छ ।

    उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij